१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा हवाई दुर्घटना : ६ शवको डिएनए परीक्षण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३४:oo

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छजनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्याधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो। उनले परिवारको नमुना संकलन र छ शवको हड्डी र दाँतको डिएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ।

काठमाडौं ल्याएका ४८ मध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँचबाट शव पहिचान गरिएको हो। गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो । रासस