
बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा भएको कार्यक्रममा उनले शपथ लिएका हुन् ।
मुख्य न्यायाधिवक्ता नेपाललाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा यही माघ १२ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
शपथ कार्यक्रममा प्रदेश प्रमुख शर्मासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाललगायतको उपस्थिति रहेको थियो ।