१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस ललितपुर
२०७९ माघ १६ सोमबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा ट्याक्सी र कार ठोक्किँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
रासस, ललितपुर
२०७९ माघ १६ सोमबार १४:०३:००

ललितपुरको सातदोबाटोनजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी दुवै सवारीसाधनमा सवार ६ यात्रु घाइते भएका ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । 

कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा.२ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा.४च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।