१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

समाचार प्रभाव : किस्ता तिर्न नसकेर आत्महत्या गरेका रामदेवको ऋण जनप्रतिनिधिले तिरिदिने 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

सहकारी संस्थाबाट लिएको १ लाख रुपैयाँ ऋणको किस्ता तिर्न नसक्दा झुन्डिएर आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकको सबै ऋण जनप्रतिनिधिले तिरिदिने भएका छन्।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहित पालिकाभरिका जनप्रतिनिधिले शनिबार मरिकको घर पुगेर सो घोषणा गरेका हुन्।

‘मसहित पालिकाका सबै जनप्रतिनिधि मिलेर रामदेव मरिकले लिएको ऋण तिरिदिन्छौँ। क्रिया खर्चको लागि तत्काल ११  हजार दिएका छौँ।  छोरालाई गाउँपालिकामै रोजगारी दिने योजनामा छौँ,’ अध्यक्ष चौधरीले नयाँ पत्रिकासँग भने।

'सहकारीको किस्ता तिर्न नसक्दा रामदेव मरिकले गरे आत्महत्या' शीर्षकको समाचार बुधबार नयाँ पत्रिकामा प्रकाशन भएपछि रामदेव मरिककी श्रीमतीको खातामा आमजनताले पनि आर्थिक सहयोग पठाउँदै आएका छन्।