Skip This
भृकुटीमण्डपमा ‘नेपाल उड एक्स्पो’ सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १४ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १४ शनिबार o९:३३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भृकुटीमण्डपमा ‘नेपाल उड एक्स्पो’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १४ शनिबार o९:३३:oo

काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल उड इन्टरनेसनल एक्स्पो २०७९’ सुरु भएको छ । तीन दिनसम्म चल्ने एक्स्पो शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरे । 

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल उड इन्टरनेसनल’ तथा ‘नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकर इन्टरनेसनल एक्स्पो’को आठौँ संस्करण १५ माघसम्म सञ्चालन हुने बताइएको छ । 

एक्स्पोमा विभिन्न देशका एक सयभन्दा बढी ब्रान्डहरूका स्टल रहेका छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र विक्रेताहरूले एक्स्पोमा काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउनेछन् । साथै, फर्निचर क्षेत्रमा आउने नयाँँ–नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि पनि एक्स्पो महत्वपूर्ण रहँदै आएको आयोजकको भनाइ छ । 

एक्स्पोमार्फत विश्वभरका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्यलक्षित वस्तु तथा प्रविधिलाई नेपाली उद्योगहरूमा प्रयोग गराउन पहलका रूपमा लिइएको छ । यस प्रदर्शनीले सानादेखि ठूला उद्योगहरूसम्मलाई आफूले प्रयोग गरिरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने आयोजकको विश्वास छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकले बताएको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकसहित देशका दिग्गज आर्किटेक्ट, इन्जिनियर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता छ । यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादनसम्बन्धी कार्यहरूमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।