१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ माघ १३ शुक्रबार १६:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई महिनाभित्र संघीय निजामती ऐन ल्याउने तयारीमा छु : मन्त्री मोदी 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ माघ १३ शुक्रबार १६:०३:००

दुई महिनाभित्र संघीय निजामती ऐन ल्याउने तयारीमा आफू रहेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्। 

शुक्रबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मोदीले आगामी दुई महिनाभित्र संघीय निजामती ऐन त्याउने तयारीमा आफू प्राथमिकता दिएर जुटिसेकको बताएका हुन्। 

भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मोदीले भने, ‘संघीय संसद्को यही अधिवेशनबाट पारित हुने गरी दुई महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने गरी काम अगाडि बढाएकाे छु।’

मन्त्री मोदीले संघीयतालाई बलियो बनाउन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले स्थानीय पालिकाहरूमा देखापरेका विकृति अन्त्य गर्न आफू जतिसक्दो लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।