Skip This
हेटौँडाको जनप्रिय माविलाई सञ्चार सामग्री हस्तान्तरण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Saturday, 27 July, 2024
२o७९ माघ १२ बिहीबार १९:५१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडाको जनप्रिय माविलाई सञ्चार सामग्री हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १९:५१:oo

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले जनप्रिय मावि हेटौँडा १६ लाई स्टुडियो मिक्सचर, माइकलगायतका सञ्चार सामग्री बिहीबार हस्तान्तरण गरेका छन्। 

‘गल्ली गल्ली’ ललितपुर र ‘मेरो गाउँ– सिकाइ केन्द्रित गाउँ’ परियोजनाले जनप्रिय माविमा सञ्चालन गरेको अन्तर्क्रिया कार्यक्रममा श्रेष्ठले विद्यालयमा नवनिर्मित स्टुडियोका निम्ति सामग्री हस्तान्तरण गरेका हुन्। 

मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयअन्तर्गत देशकै पहिलो मिडिया कक्ष र स्टुडियो स्थापना गरी सञ्चालनमा ल्याएको जनप्रिय माविले विद्यार्थीहरूमा प्रविधिमैत्री र जीवनोपयोगी सीप प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए। 

उनले जनप्रिय नमुना माविले नमुना कार्य गरिरहेको र थप सहयोगको लागि प्रदेश सरकार सकरात्मक रहनेसमेत प्रतिबद्धता व्यक्त गरे। 

मन्त्री श्रेष्ठले जनप्रिय माविका मिडिया संयोजक सुनील गौतमलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। मोबाइल आर्टस् फर पिस र जनप्रिय माविको सहकार्यमा जनप्रियमा स्टुडियो निर्माण गरिएको म्यापका जिल्ला फोकल पर्सन युक्तलाल विश्वकर्माले जानकारी दिए।

‘गल्ली गल्ली’ ललितपुर र ‘मेरो गाउँ– सिकाइ केन्द्रित गाउँ’ परियोजनाले सञ्चालन गरेको अन्तर्क्रिया एवं कार्यपत्र प्रस्तुत कार्यक्रममा विद्यालय शिक्षाबाट विभिन्न कारणले छुटेका बालबालिकाको सिकाइमा देखिएका समस्यामाथि मन्त्री श्रेष्ठले ठोस पहल गर्नेसमेत प्रतिबद्धता गरेका छन्। 

परियोजनाले सुर्खेत, सर्लाही र मकवानपुर गरी ३ वटा जिल्लामा कार्यक्रम गर्दै आएको छ। परियोजनाका तर्फबाट जीवन शर्माले मन्त्री श्रेष्ठलाई कार्यपत्रसमेत पेस गरेका थिए।

यस्तै, कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशकी प्रदेस सभा सदस्य भारती पाठकले शिक्षामा देखिएका यस्ता खाले सिकाइ समस्यालाई अनुसन्धानका माध्यमबाट तथ्य प्रस्तुत गर्न सकेकोमा परियोजनालाई धन्यवाद दिइन्।

उनले प्रदेश तहबाट मात्र नभई संघीय सरकारकै समेत ध्यान जानुपर्ने विषयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश तहबाट बन्नुपर्ने ऐन कानुनमा आफू गम्भीर भएर लागिपर्ने प्रदेश सदस्य पाठकको भनाइ छ। 

कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का वडाध्यक्ष सुनील मोक्तान, शिक्षकहरू डा. विजय नेपाल, केशव सञ्जेल, रमेश रिजाल, उमा श्रेष्ठ, सरोकारवाला अभिभावक तथा स्थानीय बुद्धिजीवी एवं सरोकारवालाको उपस्थिति रहेको थियो।