मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुरिनटार तालिम केन्द्र दोस्रोपटक सर्वाेत्कृष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार लगातार दोस्रोपटक सर्वाेत्कृष्ट भएको छ। २२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा सो शिक्षालयलाई सोमबार पुरस्कृत भएको छ। 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलका १२ वटा तालिम शिक्षालयमध्येबाट सर्वोत्कृष्ट भएको तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसा-पत्र प्रदान गरेका छन्। 

 स्थापनाकालदेखि हालसम्म सो शिक्षालयबाट दुई हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई आधारभूत विपद् व्यवस्थापन तालिम गराएको छ। यो वर्ष शिक्षालयले पहिलोपटक गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरू उत्पादन गर्न सफल भएको छ। 
 
त्यस्तै, आठवटा बाहिनीमध्ये नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही सर्वाेत्कृष्ट भएका छन्। बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्कालाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको छ। 

सहायक हवल्दार दीर्घनारायण पौडेललाई ‘वर्ष जवान २०७९’ बाट पुरस्कृत गरेका छन्। त्यस्तै, गणमा दक्षिणकारी, गुल्ममा दोलखा र बिओपीमा सुनसरीको कप्तानगन्ज उत्कृष्ट भएका छन्। पूर्वडिआइजी ज्ञानेन्द्र राईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। 

सशस्त्र प्रहरीले यही वर्षदेखि ‘आइजी एपिएफ कमेन्डेसन’ पुरस्कार दिन थालेको छ। गृह मन्त्रालयबाट स्वीकृत कार्यविधिअनुसार यस्तो सम्मान दिन थालिएको छ। स्थापना दिवसको अवसरमा संस्थागत महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ, अर्का पूर्वआइजिपी स्वर्गीय सहवीर थापासहित ३१ जनालाई प्रदान गरिएको छ। 

त्यस्तै, पेसागत दक्षता प्रदर्शन गर्दै उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत ३६ जनालाई यस्तो पुरस्कार दिइएको सशस्त्र प्रहरीले जनाएको छ।