मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गायक
२०७९ माघ १० मंगलबार ११:४०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

नियमित जिम गर्छु : आशिष गौतम (सचिन)

Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार ११:४०:००

आफ्नो स्वास्थ्यका लागि एकदमै सचेत छु । हामी कलाकारहरू झन् आफ्नो स्वास्थ्य र खानपानमा सचेत हुनुपर्छ । मेरो हकमा बेलुकाको समय जिम सेन्टर जान्छु । जहाँ शारीरिक रूपमा भरपूर एक्सरसाइज हुन्छ । बिहान घरमै कार्डियो गर्छु । जसले शरीरलाई चंगा बनाउँछ ।

जिमबाट फर्किएर आएपछि लन्च गर्छु । लन्चमा दालभात तरकारीसँगै चिकेन पनि समावेश हुन्छ । खानामा अनिवार्य चिकेन समावेश गर्छु । बेलुकी भातचाहिँ खाँदिनँ । रोटी र चिकेन खान्छु । सकेसम्म बाहिरको खाना खाँदिनँ । बाहिर कफी मात्रै पिउँछु । पर्याप्त पानी पिउँछु । केरा, स्याउलगायत सिजनल फलफूल खान्छु ।

गायक–गायिका खानेकुरामा सचेत हुनैपर्छ । खानपानले आवाजमा ठूलो भूमिका खेल्छ । म चिसो कुरा खाँदिनँ । गीत गाउने वेलामा त्यसले आवाजलाई असर गरेको हुन्छ । आफ्नो आवाजमा निखार राख्न सकेसम्म साताको एक–दुईपटक रियाज गर्छु । नत्र गाडीमा यात्रा गरेको वेला गुनगुनाउने गर्छु । यसले आवाजमा थप निखार ल्याउँछ । ज्यानलाई जति फिट राख्यो त्यति नै गला पनि राम्रो हुन्छ । कामको सिलसिलामा रियाज गर्न समय हुँदैन । त्यसैले फुर्सदमा गुनगुनाउँछु ।