१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
डा. मीनबहादुर श्रेष्ठ /रामकुमार फुँयाल
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १० मंगलबार १०:३३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १० मंगलबार १०:३३:००

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार देशको विकास योजना तथा नीति तर्जुमामा सरकारलाई सल्लाह दिने उपल्लो निकायको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । 

आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठले सोमबार नै प्रधानमन्त्री दाहालसँग पद तथा गोपनीयताको शपथ लिए । नेपाल राष्ट्र बैंकको पूर्वकार्यकारी निर्देशकसमेत रहेका श्रेष्ठले यसअघि पनि आयोगको उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ०७३ मा करिब ११ महिना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पहिलो कार्यकालमा उनले बजेटमा परेका कार्यक्रम कार्यान्वयनका लागि योजना आयोगबाट अख्तियारी लिनुपर्ने व्यवस्था हटाएका थिए । अख्तियारीका लागि ६ महिनासम्म लाग्ने प्रवृत्ति हटाउन भन्दै उनले बजेट पास भएसँगै अख्तियारीसमेत स्वतः हुने व्यवस्था गरेका थिए । 

नेपालबाट जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर, बेलायतबाट एमबिए र अमेरिकाबाट वित्तीय अर्थशास्त्रमा ग्र्याजुएट कोर्ससमेत पूरा गरेका श्रेष्ठले अस्ट्रेलियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनीसँग राष्ट्र बैंकमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले मलेसियास्थित साउथ इस्ट इसिएन सेन्ट्रल बैंक रिसर्च एन्ड टे«निङ सेन्टरमा समेत ३ वर्ष सिनियर इकोनोमिस्ट र एक वर्ष भिजिटिङ रिसर्च इकोनोमिस्टका रूपमा काम गरेका थिए । श्रेष्ठ अन्तर्राष्ट्रिय जर्नलमा अर्थतन्त्र र आर्थिक नीतिका बारेमा धेरै लेख प्रकाशन गर्ने नेपाली अर्थशास्त्रीहरूमध्येमा पर्छन् ।

सदस्यमा डा. फुँयाल
सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रामकुमार फुँयाललाई नियुक्त गरेको छ । फुँयालले यसअघि पनि दुईपटक गरेर करिब चार वर्ष आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यसक्रममा आफूले विभिन्न अध्ययन, अनुसन्धान तथा नीति र योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको  उनले बताए । डा. फुँयालले दक्षिण कोरियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । उनीसँग त्रिभुवन विश्वविद्यालयको सेन्टर फर इकोनोमिक्स डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन (सिइडिए)मा एसोसिएट प्रोफोसरका रूपमा पाँच वर्ष काम गरेको अनुभव छ ।