१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १o:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

प्रकाश गुरागाईंको  ‘जङ्क्सन पिपलबोट’  लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:५६:oo

लेखक प्रकाश गुरागाईंको गैरआख्यान ‘जङ्क्सन पिपलबोट’ शनिबार राजधानीको मण्डला थिएटरमा लोकार्पण गरिएको छ । मानवशास्त्री सुरेश ढकाल, कविद्वय लक्ष्मी माली र पुरुषोत्तम सुवेदीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् । 

कवि सुवेदीले पुस्तकलाई नयाँ सडक र यसको इतिहासको दस्तावेजका रूपमा चित्रण गरे । त्यस्तै, कवि लक्ष्मी मालीले कृतिले नेपाली इतिहासलाई समेटेको बताइन् । राणाकालीन समयमा काठमाडौंका नेवार समुदायका महिलाले देखाएको बहादुरीले आफूलाई निकै भावुक बनाएको उनले बताइन् ।

साहित्यिक वृत्तबाट पटक–पटक लेखिएका पीपलबोटबारेका लेख तथा सुनेका किस्साले आफूलाई पीपलबोट र यससँग सम्बन्धित इतिहास खोतल्न प्रेरित गरेको लेखक गुरागाईंले बताए । उनले नयाँ सडक र पीपलबोटसँग जोडिएका साहित्यिक, राजनीतिक, सामाजिकलगायत विविध पक्षलाई पुस्तकमा समेटेको जानकारी दिए । फिनिक्स बुक्सले प्रकाशन गरेको यो पुस्तक ३१५ पृष्ठको छ । यसअघि लेखक गुरागाईंको ‘खुट्टामा श्रीपेच’ कवितासंग्रह बजारमा आइसकेको छ । 

ad
ad