१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनबारे ओलीको भनाइले जनता झस्किए : विमलेन्द्र निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२३:oo

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीको भनाइबाट जनता झस्किएका बताएका छन् । 

बिहीबारको बैठकमा उनले संसद् विघटन प्रतिगामी होइन भन्ने ओलीको भनाइबाट संघीयता खतरामा रहेको आशंका व्यक्त गरे । न्यायपालिकालाई निर्देशन दिने प्रणालीबाट जनता झस्किएका उल्लेख गर्दै निधिले संविधानले अवलम्बन गरेको प्रणालीले कार्यपालिकाभन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने प्रस्ट पारे ।

‘हामी झस्केका छौँ, जनता झस्केका छन् । प्रतिनिधिसभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महसुस भएको छ,’ निधिले भने ।