
बागमती प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ । प्रदेश सभाको आज अपराह्न बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
आज बस्ने प्रदेश सभा बैठकमा प्रदेश सभा नियमावली, २०७४ अनुसार विश्वासको मत विभाजनका लागि आवश्यक प्रक्रिया तयारी पूरा भइसकेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपा १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेककिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।