मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
२०७९ माघ २ सोमबार १२:४२:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

Read Time : < 1 मिनेट
२०७९ माघ २ सोमबार १२:४२:००

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा सरकारले राष्ट्रिय शोक बिदा दिएकाले प्रदेश सभा बैठक स्थगित गरिएको हो । सभामुख चयनका लागि सोमबार बिहान ९ बजे प्रदेश सभा बैठक बोलाइएको थियो ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सर्वदलीय बैठकको निर्णयअनुसार यही ३ माघको बिहान १० बजे बैठक आह्वान गरिएको जानकारी दिएको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले विमान दुर्घटनाको शोकमा राष्ट्रिय शोक बिदा र राष्ट्रिय झन्डा झुकाउने निर्णय सरकारले गरेकाले सर्वदलीय बैठकले प्रदेश सभा बैठक स्थगित गरेको बताए ।

सोमबारको बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका थियो । यसअघि दुईपटक निर्वाचन भए पनि प्रदेश सभाले सभामुख चयन गर्न सकेको छैन । गत बिहीबार भएको निर्वाचनमा एक मत बदर हुँदा सत्ता पक्षका उम्मेदवारको पक्षमा बहुमत पुग्न सकेको थिएन । शनिबार भएको दोस्रो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्ता पक्षमा बहुमत पुगेन ।

सभामुखका लागि सत्ता पक्षबाट माओवादीका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल प्रतिस्पर्धामा छन् । भोलि हुने निर्वाचनमा नागरिक उन्मुक्तिले सत्ता पक्षलाई सहयोग गर्ने सहमति भएको बताइएको छ । नागरिक उन्मुक्तिले मुख्यमन्त्रीमा सत्ता पक्षलाई समर्थन गरेको थियो ।