१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २९ शनिबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

प्रदेश १  को उपसभामुखमा एमालेकी सिर्जना दनुवार  निर्वाचित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:१८:oo

प्रदेश १ सभाको उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । शनिबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार प्रतिस्पर्धी कांग्रेसकी लीलाकुमारी राईलाई पराजित गर्दै एमालेकी दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उपसभामुखमा निर्वाचित उदयपुर जिल्लाकी दनुवार समानुपातिकतर्फबाट  प्रदेश सभा सदस्य भएकी थिइन् । नवनिर्वाचित उपसभामुख दनुवारले ५७ मत प्राप्त गर्दा कांग्रेसकी राईले ३३ मत मात्र प्राप्त गरिन् । कुल ९३ सांसद रहेको प्रदेश १ सभामा उपसभामुखको निर्वाचनका लागि सभामुखबाहेक ९० सांसदले मतदान गरेका थिए ।

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भइसकेका छन् । प्रदेश १ सभामा सत्तागठबन्धनका एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका गरी कुल ६० सांसद छन् । मुख्य प्रतिपक्षी कांग्रेसको २९ र प्रतिपक्षी एकीकृत समाजवादीका चार सांसद छन् ।

ad
ad