१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बोर्डमा आएपछि मुद्दा हालेर काम गर्न दिइएन : भुवन केसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढीरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरुको बृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो उनले यस्तो बताएका हुन्। 

उनले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताए। चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यान लगायतका स्वीकृति लिन नै झन्झट ब्यहोर्नुपरेको उनले बताए। 

उनले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको बताए। उनले कुनैपनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभइ जरिबाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताए।
 
अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५-६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गरे। 

आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बन्न पाउछु भनेर लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताए। आफ्नो कार्यकालमा चलचित्र विकासको लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सबै निर्माता एकजुट हुनुपर्नेमा जोड दिए।