१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वृद्धवृद्धालाई टिप्स : जाडोमा जोर्नी दुखाइबाट यसरी बच्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३९:oo

डाक्टरको सुझाव

डा. विप्लभ सापकोटा, हाडजोर्नी तथा नसारोग विशेषज्ञ वीर अस्पताल 

मौसम परिवर्तनसँगै मानिसको जीवनशैलीमा पनि परिवर्तन आउँछ । शरीरभित्रको र बाहिरको तापक्रम नमिल्दा पनि हाडजोर्नीसम्बन्धी समस्या देखा पर्छ । चिसोकै कारण वृद्धवृद्धामा हाड र जोर्नी दुख्ने हुन्छ । उमेर बढ्दै गएपछि हाडजोर्नीको समस्या देखा पर्छ ।

आजभोलि ५० वर्षभन्दा बढी उमेरका व्यक्तिको हड्डी खिइएको पाइन्छ । हड्डी खिइँदै जाँदा जाडो मौसममा दुखाइ बढ्ने हुन्छ । अर्काे, एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमयुक्त खानाको कमी हुँदा पनि जोर्नी दुखाइ बढ्ने हुन्छ ।

चिसो मौसममा वृद्धवृद्धालाई चिसोबाट जोगाउन आवश्यक छ । जाडो मौसम बाथ तथा हाडजोर्नीका बिरामीका लागि झनै कष्टकर हुने गर्छ । वृद्धवृद्धामा रोगप्रतिरोधात्मक क्षमताको कमी हुने भएकाले स्वास्थ्यमा समस्या आइरहने हुन्छ । तसर्थ, जाडोमा वृद्धवृद्धाको विशेष ख्याल राख्नुपर्छ ।

समस्याका कारण 
- जाडोले गर्दा लामो समयसम्म एकैठाउँमा बस्ने बानी हुन्छ । विलासी भएर सधैँ निष्क्रिय जीवनशैली अपनाउँदा हाडजोर्नीमा समस्या देखिन्छ । 
- घुँडा खुम्च्याएर लामो समयसम्म एकैठाउँमा बसिराख्दा हाडजोर्नीको समस्या पैदा हुन्छ । 
- उमेर बढ्दै गएपछि आर्र्थाटिसजस्ता कारणले हड्डी कमजोर हुन्छ ।
- हड्डीमा चोटपटक लाग्नु वा अन्य कुनै किसिमको संक्रमण हुँदा ।
- चिसो पानीले ज्यान नुहाउने बानीले पनि हाडजोर्नीमा समस्या देखिन्छ । 
- शरीरमा क्याल्सियम र भिटामिन डीको कमी आउनु । 
- अनावश्यक रूपमा शरीरको तौल बढ्दै जाँदा पनि समस्या देखिन्छ । 

बच्ने उपाय
- जाडोमा शरीरलाई न्यानो राखिरहनुपर्छ । त्यसैले घरभित्र न्यानो बनाएर राख्ने । 
- घरबाहिर निस्कनुपरेमा न्यानो लुगा लगाएर मात्रै निस्कने । 
- सानातिना काममा भए पनि सधैँ सक्रिय गराउने । जीवनशैलीमा ध्यान दिन सकेमा हाडजोर्नीसम्बन्धी समस्याबाट राहत पाउन भने सकिन्छ । 
- बुढेसकालमा हड्डी खिइने समस्या हुने भएकाले घुँडा खुम्च्याएर बस्दा झन् समस्या हुन्छ । लामो समयसम्म एकैठाउँमा घुँडा खुम्च्याएर नबस्ने ।
- हड्डी खिइन कम गर्ने औषधि प्रयोग गर्ने । जसले दुखाइ कम गर्न सहयोग गर्छ । 
- शरीरलाई नियमित सक्रिय राख्ने, भिटामिन डी र क्याल्सियमयुक्त खानेकुरा सेवन गर्नुपर्छ । भिटामिन डी र क्याल्सियमयुक्त खानेकुरा आवश्यक पर्ने भएकाले फलफूल र हरियो सागपात प्रशस्त खुवाउने । दूध, अन्डा, सागपात सेवन गर्दा भिटामिन डी र क्याल्सियमको मात्रा बढाउन सहयोग पुग्छ । यी पौष्टिक तत्वपाइने पदार्थ नियमित खुवाउने ।
- धेरै बेरसम्म चिसोमा नुहाउन नदिने । 
- झोलिलो खानेकुरा सेवन गराउने । 
- दैनिक बिहानको घाम ताप्ने । नियमित रूपमा शारीरिक व्यायाम गर्न लगाउने । मद्यपान र धूम्रपानबाट टाढा राख्ने । 
- कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स, आटामा आधारित खानेकुरा नखाने । 
- सकभर घरबाहिरको खाना नखाने । 
- फिजियोथेरापी गर्ने ।
- जोर्नी अत्यधिक दुख्ने, सुन्निने वा रातो हुने भएमा तुरुन्त चिकित्सककहाँ लैजानुपर्छ । 

ad
ad