Skip This
युनाइटेड इन्स्योरेन्सको लाभांश पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:३७:oo

 युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको ०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूची पारित गरेको जनाइएको छ । 

त्यस्तै, कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपातबमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोहीबमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत पारित भएको जनाइएको छ । कम्पनीको गत आव  ०७७/७८ को तुलनामा आव ०७८/७९ मा बिमा शुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई एक अर्ब ५६ करोड ४५ लाख ८६ हजार रुपैयाँ पुगेको जनाइएको छ । त्यसैगरी, गत आव  ०७७/७८ को तुलनामा आव  ०७८/७९ मा नाफा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । 

ad
ad