Skip This
देउवा भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २५ सोमबार १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवा भेट्न धुम्बाराही जाँदै प्रधानमन्त्री प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २५ सोमबार १९:o८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही जाने भएका छन्। भोलि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदै छन्।

देउवाको सचिवालयका अनुसार विश्वासको मतको लागि छलफल गर्न प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न उनको निजीनिवास जान लागेका हुन्।

सोमबार दिउँसो माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सिंगो 'हाउस'(संसद्)नै विश्वासको मतका पक्षमा उभिने बताएका थिए। शनिबार कांग्रेसको बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने, नदिने कुरा २६ पुसमै निर्क्योल हुने निर्णय गरेको थियो। कांग्रेसको संसदीय दलको अर्को बैठक भोलि बिहान ९ बजे बस्दै छ।