१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:१२:oo

फेदर डाउन ज्याकेट जाडो मौसमका लागि डाउन ज्याकेट अत्यन्तै उपयोगी छ । यो अधिक चिसो ठाउँमा प्रयोग गरिने ज्याकेट हो । यसको भित्री भागमा प्वाँख भएकाले फेदर ज्याकेट पनि भनिन्छ । यो ज्याकेट एकदमै तातो हुन्छ । ज्याकेट युवालाई मात्रै नभएर वृद्धहरूका लागि पनि उत्तम छ । यसले शरीरलाई न्यानो बनाउँछ ।

 लाइट डाउन 
चिसो मौसममा लाइट डाउन ज्याकेट पनि उत्कृष्ट छ । लाइट डाउन ज्याकेट जति चिसो मौसम हुन्छ, त्यति फुल्दै जान्छ । यो फेदरभन्दा अलि पातलो हुन्छ । यसले पनि शरीरलाई तातो बनाउँछ । यो स्टाइलिस देखिए पनि धेरै चिसो छेक्न सक्दैन । त्यसैले धेरै चिसो र हिउँमा यो ज्याकेट उपयुक्त नहुन सक्छ । तर, दिउँसो घाम लागेका वेला घुमफिर गर्नका लागि यो ज्याकेट सही छनोट हो । 

ज्याकेट लेदर
चिसो मौसमका लागि लेदरको ज्याकेट तातो, स्टाइलिस र उत्कृष्टमध्ये एक हो । नेपाली बजारमा यो ज्याकेट दुई प्रकारको पाइन्छ । भित्री भागमा फर नभएकोभन्दा फर भएको लेदर ज्याकेट तातो हुन्छ । लेदर ज्याकेट ‘फ्यान्सी स्टाइल’को हुन्छ । यो विशेषगरी १८–३५ वर्षका पुरुषलाई सुहाउँछ । यो लगाएर बाइक सवारी गर्दा आकर्षक पनि देखिन्छ । त्यस्तै, महिलालाई पनि स्कुटरमा यात्रा गर्दा म्याच गर्छ । 

पफर ज्याकेट 
नेपाली बजारमा पफर ज्याकेटका विभिन्न डिजाइन पाइन्छन् । यसले शरीरलाई तातो र न्यानो बनाउँछ । त्यसैले यो ज्याकेट अधिकांश ग्राहकको रोजाइमा पर्छ । यसको भित्री भागमा सिलिकन राखिएको हुन्छ । अगाडि–पछाडि प्रिन्ट भएको पाइन्छ । 

ad
ad