Skip This
अदानचुली विवाद चुलियो : स्वास्थ्य शाखामा कांग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Saturday, 27 July, 2024
२o७९ पौष २३ शनिबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदानचुली विवाद चुलियो : स्वास्थ्य शाखामा कांग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार ११:४९:oo

बिहीबार हुम्लाको अदानचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई हाजिर लगाउन नदिएपछि कांग्रेसका कार्यकर्ताद्वारा स्वास्थ्य शाखामा तालाबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष निकट कांग्रेसका कार्यकताहरूले उपाध्यक्ष कर्ण रोकायानिकट स्वास्थ्य शाखा संयोजक हंस महताराको स्वास्थ्य शाखा र स्वास्थ्यचौकीमा तालाबन्दी गरेका हुन् । 

उपाध्यक्ष रोकायाको नेतृत्वमा कार्यपालिका बैठकको निर्णयअनुसार महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा तोकिएको थियो।अध्यक्ष निकट मानिएका निमित्त अधिकृत मेगनाथ शाही र लेखपाल दत्त बहादुर थापालाई हाजिरी लगाउन उपाध्यक्ष कर्ण रोकाया पक्षले नदिएपछि अध्यक्ष निकट कांग्रेस स्वास्थ शाखादेखि स्वास्थ्यचौकी तालाबन्दी गरेको वडाध्यक्ष नम्बर ४ वडाध्यक्ष मनश्रृषि पाण्डेले जानकारी दिए । 

उपाध्यक्ष निकट माओवादी केन्द्रका कार्यकताले पालिकामा तालाबन्दी गरेका छन् भने अध्यक्ष निकट कांग्रेस कार्यकताले स्वास्थ्य शाखा र स्वास्थ्यचौकी तालाबन्दी गरेका छन् । यो सँगै विवाद निकै चुलिँदै गएको छ ।