मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २२ शुक्रबार
  • Thursday, 18 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २२ शुक्रबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्डप्रति सकारात्मक छौँ, विश्वासको मतबारे पार्टीले निर्णय लिन्छ : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २२ शुक्रबार १५:१३:oo

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारलाई विश्वासको मत दिने–नदिने भन्ने विषयमा निर्णय नलिइसकेको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

व्यक्तिगत रूपमा प्रचण्डप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै उनले विश्वासको मतको विषयमा भने पार्टीले निर्णय गर्न बाँकी रहेको बताए। प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बस्दै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने कार्यतालिका छ।