१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

तल्नुबगर बेलिब्रिज निर्माणको काम तीव्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१o:oo

भेरी करिडोरअन्तर्गत पर्ने तल्नुबगर बेलिब्रिज निर्माणको काम सुरु भएको छ। नेपालगन्जदेखि सीधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको हो।

सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का खुलाएर हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ४१ लाखमा पुल निर्माणको जिम्मा पाएको झन्डै एक वर्षपछि काम सुरु भएको हो। अघिल्लो वर्ष पुषमा निर्माण कम्पनीसँग सम्झौता भए पनि स्थानीयको अवरोध र बर्खाको समयमा भेरी नदी बढेपछि काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय चौरजहारीका इन्जिनियर दिलीप यादवले बताए।

दैनिक १५–२० जना कामदारसहित पुल निर्माणको काम धमाधम भइरहेकाले फागुनभित्र निर्माणकार्य सम्पन्न हुने उनको भनाइ छ। ‘पुल निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्री निर्माणस्थलमा पुगिसकेको छ। वारिपट्टिको बेस बनेको छ, पारिपट्टिको बन्दै छ,’ यादले भने। रुकुम, जाजरकोट र डोल्पाका नागरिकको समस्यालाई मध्यनजर राख्दै निर्माणस्थलमा प्राविधिक नै खटाएर काम सुरु गराएको उनले बताए।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ, त्रिपुराकोटको बेलिब्रिज यसअघि नै निर्माण भइसकेको छ। तर, सँगै ठेक्का खुलाइएको रुपगार्ड खोलाको बेलिब्रिजको काम अझै सुरु हुन सकेको छैन। टेन्डर भएको दुई वर्ष बितिसक्दा पनि रूपगार्ड खोलामा बेलिब्रिज नबनेपछि जिप, ट्रक, मोटरसाइकललगायतका सवारीसाधनहरू जोखिम मोलेर जीर्ण काठको पुलमा गुडिरहेकाछन्।

‘रूपगार्डमा दुवैतिर बेस बनेको छ। सामान पनि पुगेको छ, तर पुल जोड्ने काम भएको छैन। सवारीसाधन र सर्वसाधारण जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्,’ मोतीपुरका स्थानीय अमर कठायतले भने। ठेक्का पाएको निर्माण कम्पनीले जतिसक्दो छिटो निर्माण सक्नुपर्ने उनको भनाइ छ।

यसअघि बेलिब्रिजका लागि बेस बनाउन लगाइएका स्थानीय कामदारले पैसा नपाएपछि उनीहरूले नै काम अवरुद्ध गरेको पाइएको सडक डिभिजन कार्यालाय चौरजहारीका इन्जिनियर दिलीप यादवले बताए। काम भएजत्तिको पैसा निर्माण कम्पनीले लिइसकेकाले कामदारलाई दिन बाँकी पैसा दिएर अन्य काम सुचारु गर्न ताकेता गरिरहेकोसमेत इन्जिनियर यादवले जानकारी दिए।

तल्नुबगर र रूपगार्डको बेलिब्रिज पुल निर्माण भएसँगै भेरी करिडोरअन्तर्गतका पाँचवटा मुख्य खोलाका पुल बन्नेछन्। यहाँ साना खोलामा समेत गरी अझै आठवटा पुल बन्न बाँकी छ।

ad
ad