Skip This
राष्ट्रिय सहकारी बैंकको १५ प्रतिशत लाभांश पारित : साधारणसभामा पारित भएकै दिन सेयरधनीको खातामा रकम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २० बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय सहकारी बैंकको १५ प्रतिशत लाभांश पारित : साधारणसभामा पारित भएकै दिन सेयरधनीको खातामा रकम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २० बुधबार १o:२५:oo

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आव ०७८/७९ को मुनाफाबाट सेयर सदस्य सहकारी संघ–संस्थालाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले लाभांश प्रस्ताव पारित भएकै दिन सेयर सदस्य सहकारी संघ–संस्थाको खातामा रकम पठाएको हो । 

बैंकको सेयरधनीमा १५ हजार चार सय ७४ सहकारी संघ–संस्था सदस्य रहेको जनाइएको छ । साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेलगत्तै बैंकले खातामा रकम पठाएको अध्यक्ष केबी उप्रेतीले बताए । बैंकले गत आव ०७८/७९ मा ४३ करोड ४५ लाख ५७ हजार रुपैयाँ लाभांश वितरण गरेको जनाएको छ । सहकारी बैंकले विगत पाँच वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको जनाइएको छ । यो लाभांशमा संरक्षित पुँजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समावेश नगरिएको बैंकले जनाएको छ । 

बैंकले छिट्टै नै सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि खातामा पठाउने तयारी गरेको जनाइएको छ । लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्य सहकारीहरूलाई रकम उपलब्ध गराउँदै आएको जनाएको छ । संरक्षित पुँजी फिर्ता कोषको रकम कारोबारका आधारमा दिइने र उक्त रकम केही समयपछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।