१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
२o८१ जेठ १४ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

 २२औँ आहारारा पोखरा गोल्डकप : मनाङ क्वार्टरफाइनलबाटै बाहिरियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o७:२o:oo

मनाङ मर्स्याङ्दी  क्लब पोखरामा २२औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मनाङ पाहुना टोली भुटनिज युथ स्पोर्टस् क्लब अमेरिकासँग १–० गोलअन्तरले पराजित हुँदै पहिलो खेलबाट घर फर्केको छ । दोस्रोपटक सहभागी भएको अमेरिकाको टोलीसँग ६ पटकको विजेता मनाङ पराजित भएको हो । गत संस्करणमा भुटनिज युथ एपिएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित भएको थियो ।

जितसँगै भुटनिज युथले फाइनल प्रवेशका लागि २१ पुसमा चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । भुटनिज युथलाई खेलको १८औँ मिनेटमा प्रविन बस्नेतले गरेको एक मात्र निर्णायक गोल गरेका थिए । हेक्टर ओरर्टेगाको ब्याक पासमा बस्नेतले डिबक्सभित्रबाटै दोस्रो बारमा गोल गरेका थिए । 

खेलको सुरुदेखि नै पाहुना टोलीले मनाङलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा मनाङले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । मनाङबाट खेलेका पाँचजना खेलाडी गत साता पोखरामा सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गरेका थिए । खेलको ३४औँ मिनेटमा अमेरिकी टोलीका इराकाजेले गरेको प्रहार मनाङका राजुबाबु थापाले विफल पारे । खेलको ५८औँ मिनेटमा   चेतनकुमार थारूको प्रहार पहिलो बारनजिकै बाहिरियो ।

७१औँ मिनेटमा थोमस साकेरको पेनाल्टी क्षेत्रबाट हानेको प्रहार विपक्षी गोलरक्षक राजुबाबु थापाले विफल पारे । खेलको ८४औँ मिनेटमा रोजिन प्रजापतिको प्रहारलाई मनाङका रमेश थापाले गोललाइननजिकैबाट उत्कृष्ट बचाउ गरेका थिए । गोलरक्षक राजुबाबु थापा बिट भएको अवस्थामा थापाले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलाडीले मिहिनेत गरे : प्रदीप
भुटनिज युथका प्रशिक्षक प्रदीप हुमागाईंले खेलाडीहरूले लामो यात्रा गरे पनि जितका लागि मिहिनेत गरेको बताए । ‘खेल ५०–५० प्रतिशतको थियो, टोलीले सुरुमा स्कोर गर्न सफल भयो । लामो यात्रा गरेर आएको भए पनि खेलाडीले मिहिनेत गरे,’ उनले भने, ‘नयाँ मैदान भएकाले खेल्न केही असहज भने भयो । अर्को खेलमा आजको भन्दा राम्रो खेल्नेछौँ ।’ 

टिममा नयाँ खेलाडी  :श्रेष्ठ
मनाङका प्रशिक्षक किरण श्रेष्ठ  मनाङका प्रशिक्षक किरण श्रेष्ठले टोलीमा नयाँ खेलाडी सेट नभएको बताए । ‘खेलाडी जुन रूपमा सेट हुनुपर्ने हो, त्यो भएन, टोलीमा नयाँ र युवा खेलाडीबीच सेट हुन समय लाग्यो,’ श्रेष्ठले भने, ‘खेलमा धेरै कमजोरी भयो, त्यसलाई सुधार गर्न आवश्यक छ ।’ प्राप्त अवसरमा गोल नहुँदा पराजित भएको उनले बताए । 

ad
ad