१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गैँडाकोटको किसान सहकारीबाट करिब ६ लाख रुपैयाँ चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १२:२४:oo

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका– १० भेडाबारीमा रहेको किसान बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार राति तीनजनाको समूहले भेडाबारीमा रहेको सहकारीको अफिसको सटर फोरेर सेफमा रहेको पाँच लाख ९१ हजार रुपैयाँ नगद चोरी गरेको हो। 

उक्त समूहले सहकारी संस्थानजिकै रहेको मुकुन्द सेन दूध संकलन केन्द्रमा काम गर्ने स्थानीय कृष्ण पाण्डेलाई मुख र आँखामा पट्टी बाँधी कसैलाई यसबारेमा भने ज्यान मार्ने धम्की दिएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

प्रहरीले अहिले अनुसन्धान कार्य अगाडि बढाएको र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंँडाबाट तालिमप्राप्त कुकुर मगाएर थप अनुसन्धान गर्ने जनाएको छ।

ad
ad