१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१९:oo

जाडो मौसममा जुनसुकै उमेरका मानिसलाई जोर्नीको दुखाइ हुन सक्छ । विभिन्न कारणले जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ । हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ ।

एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ । हड्डी कमजोर भए जस्तो लाग्ने, हातखुट्टा दुख्ने, हातखुट्टा सुन्निने, शरीरका सबै भाग दुख्नेलगायत समस्या देखिन सक्छन् । विगतमा चोटपटक लागेका ठाउँमा अहिले दुख्न पनि सक्छ । 

कसरी बच्ने ?

  • जाडोमा आफूलाई न्यानो बनाउने ।
  • भिटामिन डी र क्याल्सियमको मात्रा बढाउने खानेकुरा सेवन गर्ने । 
  • बिहान १५–२० मिनेट घाममा बस्ने । 
  • धूम्रपान, मद्यपान नगर्ने, कोक र पेप्सीजस्ता सफ्ट ड्रिंक्स नलिने । 
  • फिजियोथेरापी गर्ने । 
  • न्यानो भएर नियमित व्यायाम गर्ने । योगा र स्टे«चिङ गर्ने ।
  • रोगअनुसारका बिरामीले खानपानमा ध्यान दिने । आफूलाई असर गर्ने खानेकुरा नखाने । 
  • युरिक एसिडका बिरामीले रातो मासु, गेडागुडीको प्रयोग कम गर्ने । 
  • पर्याप्त पानी खाने । हाडजोर्नीसम्बन्धी कुनै समस्या देखिए चिकित्सकको सल्लाहअनुसार उपचार गर्ने । 

जोर्नी दुख्दा के खाने ?
माछामा पर्याप्त मात्रामा ओमेगा–३ फ्याटी एसिड नामक तेल हुन्छ । यसले सुन्निने समस्या कम गर्न सहयोग गर्छ । बिहानको समयमा जोर्नी कमजोर हुने र दुख्ने समस्याबाट राहत दिन्छ । दूध, अन्डा, सागपात सेवन गर्दा भिटामिन डी र क्याल्सियमको मात्रा बढाउन सहयोग पुग्छ ।

चेरीले पनि दुखाइबाट बचाउँछ । त्यस्तै, जैतुनको तेल प्रयोग गर्दा पनि दुखाइ कम हुन्छ । बेसार र अदुवाको प्रयोगले पनि दुखाइबाट बचाउँछ । ग्रिन टीले जोर्नी सुन्निनबाट बचाउँछ । ब्रोकाउलीमा सल्फरयुक्त एन्टिअक्सिडेन्ट हुन्छ । यसले पनि जोर्नी दुखाइ कम गर्छ । त्यस्तै, बन्दा र काउलीले पनि दुखाइ कम गर्न सहयोग गर्छ । च्याउ, प्याज, सिट्रस फल (अम्लीय गुण भएका मौसम, सुन्तला, कागती आदि), मेवा, किवीलगायतले पनि दुखाइ कम गर्न सहयोग गर्छन् ।
 

ad
ad