१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार १८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:२३:oo

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएकाे छ। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरेकाे हाे। 

‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरूको बैठकबाट बिदा माग भएको हो,’ नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’ 

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन्। चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।
 

ad
ad