१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्य संयन्त्रबाटै अवरोध भयो : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

नेकपा एमालेका सांसद तथा पूर्वपर्यटनमन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको आराेप लगाएका छन्। 

शुक्रबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको ‘एभिएसन मिट २०२२’ कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा राज्यकै निकायहरूले अवरोध गरेको बताएका हुन्। 

उनले राज्यकै निकायले निजगढ जस्तो विमानस्थल आयोजनालाई रोक्नु दुःखद् रहेको बताए। वातावरण सम्बन्धि चासो भएको निकायले अर्कोको क्षेत्रका हस्तक्षेप गरिरहेको आरोप लगाएर आयोजनामा अवरोध गर्नुलाई विकासमा अवरोध गर्नु रहेको बताए।

निजगढ विमानस्थल रोक्नु नेपाललाई अगाडि जान नदिनु भएको दाबी गर्दै उनले राज्य संयन्त्रले जसले जे काम गर्नुपर्ने त्यो काम नगरेको आरोप लगाए। 

त्यस्तै, पूर्वपर्यटन मन्त्री जितेन्द्रनारायण देवले हवाइ यात्रुलाई बाहिर राखेर हवाइ नीति बनाएर कार्यान्वयनमा लगियो भने नेपालको हवाइ क्षेत्र सधैँ समस्याग्रस्त हुने बताए। 

हवाइ उडान क्षेत्रलाई नेपालको जिडिपी र अर्थतन्त्रमा ठूलो योगदान गर्ने उद्योगको रुपमा बुझ्न नसकिएको तर्क थियो।