१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा लागूऔषधसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताबाट लागूऔषसहित दुई जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार सिरहाबाट उदयपुरतर्फ आउँदै गरेको प्र२–०३–००५प१३७८ नम्वरको मोटरसाइकलसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–३ का वर्ष २६ को विरेन्द्रसिंह महत्तो र सिरहा बरियारपट्टी गाउँपालिका–४ का वर्ष २४ का सुरेन्द्र राय छन्।

पक्राउ परेका उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध डाइजेल्याव ५० एम्पुल, फेनार्गन ५० एम्पुल, लुपिजेसिक  ५० एम्पुल गरी जम्मा –१५० एम्पुल बरामद गरिएको पनि उनको भनाइ छ। 

हिजो बिहीबार पक्राउ परेकालाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीे जनाएकाे छ।