१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन : ओनसरी घर्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:३o:oo

पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपतिमा दाबी नगरेको स्पष्ट पारेकी छिन्।  

आफूले पार्टी नेतृत्वसमक्ष त्यस्तो दाबी नगरेको र प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कोही पनि नेताले प्रस्तावसमेत नगरेको घर्तीले उल्लेख गरिन्। 

‘मैले उपराष्ट्रपतिमा दाबी गरेको छैन र गर्दिनँ पनि’, उनले भनिन्, ‘मेरो मनमा समेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु।’

केही दिनयता घर्तीले उपराष्ट्रपतिमा दाबी प्रस्तुत गरेका समाचार सार्वजनिक भएका थिए।  सत्ता गठन्बन्धनबीच भागबण्डा हुँदा राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ। 

ad
ad