Skip This
होटेल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १३ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १३ बुधबार १८:४१:oo

होटेल संघ नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता भएको छ। संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले आज अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटेल उद्योगको संरक्षणार्थ सुझाब प्रस्तुत गरेको हो।

अर्थमन्त्री नियुक्त भएको पौडेललाई बधाई दिँदै अध्यक्ष राणाले यसअघि मन्त्रीको कार्यकालमा भएका सहयोगी निर्णयका लागि होटेल संघ नेपाल हार्दिक कृतज्ञता व्यक्त गरिन्। साथै, उनले गुमेका उपलब्धि पुनः प्राप्त हुनेमा अपेक्षा राखेको बताइन्।

अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटेल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरू व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको बताइन्। 

उक्त अवसरमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने विश्वास व्यक्त गरे। प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष विनायक शाह, महासचिव साजन शाक्य, कार्यसमिति सदस्यहरू गोपाल राना, युवराज श्रेष्ठ, रामकुमार पुरी, ठाकुर पोखरेल, सदस्यहरू शशीकान्त अग्रवाल, रानी बाङलगायतको उपस्थिति थियो।