मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १२ मंगलबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १२ मंगलबार १८:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइपुग्यो चिनियाँ विज्ञटोली

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १२ मंगलबार १८:५४:oo

नेपाल–चीन अन्तरदेशीय रेलमार्गको सम्भावना अध्ययन तथा सर्वेक्षण गर्न चिनियाँ विज्ञहरूको टोली आज काठमाडौं आइपुगेको छ । 

चिनियाँ विज्ञको पहिलो समूह आइपुगेको नेपालस्थित चिनियाँ राजदूताबासले जनाएको छ । 

चिनियाँ राजदूतावासका कार्यबाहक राजदूत वाङ जिनले चिनियाँ विज्ञ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

‘चीन–नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन र सर्वेक्षण गर्ने नेपाली जनताको लामो समयदेखिको सपना र दुई देशका शीर्ष नेताहरूबीच भएको महत्वपूर्ण सहमति हो,’ चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र चीनबीच बिआरआई निर्माणको यो अभिन्न अंग पनि हो । चीनले नेपालको आकांक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै चीनको अनुदानमा सम्भाव्यता अध्ययनलाई सक्रियतापूर्वक अगाडि बढाउनेछ ।’ 

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका वेला दुई देशबीच चिनियाँ अनुदानमा तिब्बतको केरुङदेखि काठमाडौं जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो । 

‘दुई देशले हिमालय पार बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने उद्देश्यले संयुक्त रूपमा अगाडि बढ्ने कार्यमा निकट सम्पर्क र समन्वय कायम गर्नेछन्,’ चिनियाँ राजदूताबासका द्वितीय सचिव झाङ सीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।