१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिँदै ज्वालाकुमारी साह । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी छाडेकी ज्वालाकुमारी प्रचण्ड क्याबिनेटमा एमालेबाट मन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

माओवादी छाडेको २२ महिनापछि ज्वालाकुमारी साह माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सरकारमा मन्त्री बनेकी छिन्। 

यसपटक बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी साहलाई एमालेले मन्त्री बनाएको हो। उनी एमाले पोलिटब्युरो सदस्य हुन्। 

उनी दोस्रोपटक संघीय सरकारमा मन्त्री बनेकी हुन्। यसअघि २७ जेठ ०७८ मा एमाले अध्यक्ष केपी ओलीले उनलाई कृषिमन्त्री बनाएका थिए। 

उनी ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेश सभामा निर्वाचित भएकी थिइन्। तर, २३ फागुन ०७७ मा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र पुनर्स्थापना गरेपछि उनले एमाले रोजेकी थिइन्। 

माओवादी छाडेकाले त्यसवेला उनको प्रदेश सभा सदस्य गएको थियो। तर, २७ जेठमा ओलीले उनलाई संघीय सरकारमा कृषिमन्त्री बनाएका थिए। साह तत्कालीन नेकपामा हुँदा पार्टीकी बारा सह–इन्चार्ज थिइन्।