१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Sunday, 06 July, 2025
२o७९ पौष ९ शनिबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौधबिसमा अनुदानको नुन, चामल वितरण केन्द्र राख्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार १५:४९:oo

जुम्लाको पूर्वी भेगमा रहेको पातारासी गाउँपालिका (चौधबिस क्षेत्र)का स्थानीयले अनुदानको नुनचामल वितरण केन्द्र (डिपो) राख्न माग गरेका छन्। यो क्षेत्र सदरमुकाम खलंगादेखि निकै टाढा रहेकाले चौधबिसवासीले डिपो राख्न माग गर्दै हस्ताक्षर संकलन गरेका हुन्।

संकलित हस्ताक्षर गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, साल्ट ट्रेडिङ कर्पाेरेसन र खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेड जुम्लामा बुझाउने उनीहरूको तयारी छ। संघीय संरचनाअनुसार मुकाममा रहेका कार्यालयहरू विकेन्द्रीकरण हुनुपर्ने भए पनि नुन र चामल वितरण गर्ने डिपो खलंगामै केन्द्रित छन्। सिँजा भेगमा पर्ने नराकोट र गोठीज्युलामा नुनको डिपो राखिए पनि जिल्लाका अन्य स्थानीय तह खलंगाको डिपोमै भर पर्नुपर्ने अवस्था छ।

संघीयता अघिदेखि नै जुम्लाकोट र धापामा चामलको डिपो भए पनि डिपोमा चामल भने पाइँदैन। चौधबिस पातारासी गाउँपालिकामा ७ वटा वडा रहेका छन्। यस क्षेत्रमा नुन, चामलको डिपो छैन। अहिले पनि यहाँका स्थानीय नुन, चामलका लागि सदरमुकाम खलंगामै धाउने गरेका छन्।