१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ८ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ पौष ८ शुक्रबार १६:२१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ८ शुक्रबार १६:२१:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ लिएका पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई भेटर उनले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री रहेकै वेला प्रतिनिधिसभा सदस्यको रूपमा शपथ लिएको भन्दै पाण्डेको विरोध भएको थियो। आज बिहान प्रदेश सभा सचिवालयमा भएको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने र कार्यवाहक दिन नमिल्ने भएकाले संविधानको अधीनमा रहेरै आफूले जिम्मेवारी सम्हालिरहेको बताएका थिए।

पाण्डेले शुक्रबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामापत्र बुझाएको प्रदेश प्रमुखका स्वकीय सचिव पारसमणि फुँयालले जानकारी दिए। राजीनामा गरेका पाण्डे नै कामचलाउ सरकारको मुख्यमन्त्री रहनेछन्। उनले तत्काल कसैलाई कार्यवाहक दिनु नपर्ने भएपछि राजीनामा बुझाएको बुझिएको छ।