१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शोभराजको नेपाल कनेक्सन : ०३२ मा हत्या अभियोग, ०६० मा पक्राउ, ०७९ छुट्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:५१:oo

सर्वाेच्च अदालतको आदेशबाट छुट्न लागेका चार्ल्स शोभराज ४७ वर्षअघि पहिलोपटक नेपाल आएका थिए । थाइल्यान्डमा विदेशी नागरिकको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर शोभराज भारत हुँदै नेपाल आएका थिए । नेपालमा पनि उनले नाटकीय शैलीमा एक अमेरिकी र एक क्यानेडियन नागरिकको हत्या गरे । आफू बहुमूल्य गहनाको कारोबार गर्ने व्यापारी भएको भन्दै भ्रममा पारेर नजिकिएपछि एकान्तमा लगेर पैसा र पासपोर्टका लागि शोभराजले हत्या गरेका थिए ।

हत्याकै वेला प्रहरीले उनीलाई पटक–पटक सोधपुछका लागि बोलाएको थियो । तर, नाटकीय शैलीमा उम्किएका थिए । उनकै सहमतिमा लेखिएको ‘लाइफ एन्ड क्राइम अफ चार्ल्स शोभराज’ किताबका अनुसार सोल्टी होटेलमा बसेको झ्यालबाट आफ्ना सामान झारेर मध्यराति भारत भागेका थिए । त्यसको २८ वर्षपछि फेरि नेपाल आउँदा उनी पक्राउ परेका हुन् । १ असोज ०६० मा काठमाडौंको एक क्यासिनोबाट उनी पक्राउ परेका थिए । सुरुमा प्रहरीले काठमाडौंमा भएको हत्या मुद्दामा अभियोजन गरेको थियो । जसमा उनी दोषी ठहर भए । ०७० मा भक्तपुर जिल्ला अदालतमा चलेकोमा दोस्रो मुद्दामा पनि उनी दोषी ठहर भए । दुवै मुद्दामा जन्मकैद सजाय भएको थियो ।

त्यतिवेलाको नेपालको कानुनअनुसार जन्मकैद मुद्दामा अधिकतम २० वर्षसम्म कैद सजाय हुने प्रावधान छ । जसअनुसार आगामी असोजमा उनी छुट्नेमा सर्वाेच्चले उमेर र स्वास्थ्य अवस्थाका आधारमा तत्काल छाड्न आदेश दिएको थियो । तर, प्रक्रिया पूरा नहुँदा बिहीबार पनि उनी छुटेनन् । केन्द्रीय कारागारका जेलर ईश्वरी पाण्डेका अनुसार अदालतबाट पत्रहरू आउँदा ढिलाइ भएको र शुक्रबार अध्यागमन विभागमा बुझाइने बताए । 

ad
ad