१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बैतडीमा शिक्षक हत्याका आरोपी सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o१:oo

कृष्ण मावि पाटनका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

सुर्नया गाउँपालिका,२ घर भएका ५५ वर्षीय शिक्षक विष्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पुर्चौंडी नगरपालिका ३ न्वादेऊ घर भएका प्रजा बोहरा र उनकै श्रीमती बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो। 

प्रहरीका अनुसार कृष्ण मावि पाटनमा कम्प्युटर डिप्लोमा चौथो सेमिस्टरमा पढ्दै आएकी बोहरा र शिक्षक विष्ट एउटै छात्रवासको तल्लो माथिल्लो कोठामा  बस्दै आएका थिए। 

१ पुसको राति शिक्षक विष्ट र आरोपी बोहरा आपत्तिजनक अवस्थामा फेला परेपछि उनका श्रीमान् प्रजाले आवेशमा आएर कुटपिट गर्दा उनको मृत्यु भएको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले पत्रकार सम्मेलनमा बताए। 

‘राति पौने १० बजे शौचालय जान्छु भन्दै निस्किएकी श्रीमती अबेरसम्म नआएपछि खोज्न जाँदा विष्टले अँगालो हालेको देखे,’ प्रजाको बयान उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक शाहीले भने, ‘आवेगमा आएर मुख र छातीमा मुड्की प्रहार गर्दा उनी ढले, केही पर लगेर पिटेपछि उनको मृत्यु भयो।’ 

शिक्षक विष्टको मृत्युपछि छात्रावासपछाडिको झाडीमा दुवै श्रीमान्–श्रीमती मिलेर फालेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

घटनामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको छ। शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो। 

ad
ad