१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मेयर ललनप्रसाद गुप्ता
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपचार अभावमा पाँच विपन्न दलितको मृत्यु : मेयर गुप्ताले माफी नमागे आन्दोलन गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५२:oo

सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा मेयर ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्तिप्रति दलितसम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन्।

जिल्लामा कार्यरत आधा दर्जनभन्दा बढी संघसंस्थाले सोमबार विज्ञप्ति जारी गर्दै मेयर गुप्ताको गैरजिम्मेवार र पदीय मर्यदाविपरीतको अभिव्यक्तिले दलित समुदायको आत्मसम्मानमा चोट पुगेको प्रतिक्रिया दिएका छन्। गु्प्ताको अभिव्यक्ति सिंगो दलित समुदायप्रतिको अपमान भएको विज्ञप्तिमा बताइएको छ।

आइतबार मेयर गुप्ताले विज्ञप्ति जारी गर्दै कञ्चनरूप नगरपालिकाका पाँच विपन्न दलितको मृत्यु उपचार नपाएर नभई रक्सी सेवन र चेतनाको कमीले भएको टिप्पणी गरेका थिए।

‘दैनिक रूपमा काम गर्ने अवसरसमेत नपाएर भोकै बस्न विवश मृतक परिवारलाई सान्त्वना दिनुको साटो नगरभरिका सम्पूर्ण दलितलाई रक्सी सेवनकर्ताको रूपमा स्थापित गर्नु सिंगो दलित समुदायप्रतिको अपमानको रूपमा हामीले लिएका छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। मेयर गुप्ताले आत्मालोचनासहित आफ्नो अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।

 

ad
ad