
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो।
उपनेतामा राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला चयन भएका छन्। पाण्डे उपाध्यक्ष र ज्वाला उपमहासचिव हुन्। प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन्।