मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ३ आइतबार २१:४८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अर्जेन्टिना विश्वच्याम्पियन बन्न ४५ मिनेट दूर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ३ आइतबार २१:४८:००

अर्जेन्टिना फिफा विश्वकप २०२२ को च्याम्पियननजिक पुगेको छ । फ्रान्सविरुद्धको उपाधि भिडन्तमा अर्जेन्टिनाले पहिलो हाफमा २–० को अग्रता लिएको छ । 

२३औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दैै कप्तान लियोनल मेसीले अर्जेन्टिना र आफ्नो सपना साकार पार्ने ढोका उघारेका थिए । ३६औँ मिनेटमा काउन्टर अट्याकमा दर्शनीय गोल गर्दै डी मारियाले अग्रता दोब्बर पारे । 

पहिलो ४५ मिनेटमा पूरै मैदानमा अर्जेन्टिना छाउन सफल भयो । 

अर्जेन्टिनाले एकपछि अर्को गर्दै फ्रान्सको पोस्टमा प्रहार गरिरह्यो । चोटमुक्त भई टिममा फर्किएका डी मारियाको उपस्थितिले अर्जेन्टिना थप बलियो देखिएको छ । मेसी मैदानको सबै भागमा पुगिरहेका छन् । मैदानको कुनै पनि भागमा फ्रान्स बलियो देखिएको छैन ।

अब दोस्रो हाफको ४५ मिनेट आफ्नो नियन्त्रणमा राख्न सके अर्जेन्टिना ३६ वर्षपछि विश्वविजेता बन्नेछ ।