Skip This
सांसदहरूको शपथविनै सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदहरूको शपथविनै सरकार गठन गर्नु उल्टो बाटो : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३ आइतबार १७:३९:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरूको शपथग्रहणअगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन्। 

पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै प्रचण्डले प्रतिनिधिसभाका सबै सदस्यहरूको शपथग्रहणपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन्। 

निर्वाचित सांसदहरूको सपथग्रहणविना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए। 

उनले सांसदहरूको शपथग्रहण नहुँदै सरकार गठन गर्ने विषय विगतमा पनि भएको र त्यही उल्टो प्रक्रिया नजिरजस्तो बन्न गएको उल्लेख गर्दै उनले त्यसो गर्नु गलत हुने दाबी गरे। 

प्रचण्डले यसअघि पनि संसदीय दलको बैठकपछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाइने बताउँदै आएका थिए। राष्ट्रपति कार्यालयले आइतबार एक साताको समय दिएर सरकार गठन गर्न दलहरूलाई आह्वान गरेको छ।