१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कम्मर दुखाइ कम गर्न यी योगासन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o७:oo

- मानिसमा धेरै देखिने समस्यामध्ये कम्मर दुखाइ एक हो । हामीले केही योग आसनहरू गरेर यसलाई कम गर्न सक्छौँ । भुजङासन, सलभासन, मर्कटासनलगायत गरेर यसलाई कम गर्न सकिन्छ । 

- त्यस्तै, अनुलोम–विलोम, भस्त्रिकालगायत प्राणायाम गर्न सकिन्छ । 

- कुनै पनि आसन वा प्राणायाम गर्दा बलपूर्वक गर्न हुँदैन । जोडपूर्वक गर्न हुँदैन । सुरुमा बिस्तारै गर्नुपर्छ । योग्य प्रशिक्षकको निगरानीमा मात्र यी आसनको अभ्यास गर्नुपर्छ । 

- अप्रेसन गरेका बिरामीले डाक्टरको सल्लाह लिएर मात्रै यी आसनको अभ्यास गर्नुपर्ने हुन्छ । 

- योगले शारीरिक र मानसिक रूपमा धेरै फाइदा गर्छ । अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने काम गर्छ । 

- कम्मर दुखाई मात्रै नभएर अन्य धेरै समस्या नियमित योगले हल गर्छ । पाचन प्रक्रियालाई सहज बनाउँछ । मानिसमा सकारात्मक सोचको विकास गर्छ । आध्यात्मिक जागरण ल्याउने काम गर्छ । 

- योग गर्दा शरीरमा पर्याप्त अक्सिजन आपूर्ति हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । शरीरलाई स्फूर्त बनाउने काम गर्छ । 

ad
ad