Skip This
मोरङको  गोठगाउँमा मेडिकल कलेज सञ्चालनको तयारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
गणेश लम्साल काठमाडौं
२o८१ बैशाख २९ शनिबार १३:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोरङको  गोठगाउँमा मेडिकल कलेज सञ्चालनको तयारी 

Read Time : > 1 मिनेट
गणेश लम्साल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:o६:oo

मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालिएको छ। मोरङ ६ नम्बर क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला,  ३ नम्बर क्षेत्रबाट निर्वाचित सुनिल शर्मा, राष्ट्रिय सभा सांसद गोपीबहादुर अछामी, रमेशजंग रायमाझी र मोरङ क्षेत्र नं ६ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य जीवन आचार्यलगायतको  पहलमा गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालिएको हो।

कांग्रेस नेता तथा सांसद डा. शेखर कोइरालाको नेतृत्वमा सांसद र सरोकारवालाहरुको पटकपटक बैठक बसेर पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयसमेत रहेको गोठगाउँमा आगामी शैक्षिक सत्रदेखि प्रकृया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरिसकेका छन्। राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीका अनुसार मेडिकल कलेज सञ्चालन गर्न पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी, चिकित्सा शिक्षा आयोगका कार्यकारी सदस्य प्रा.डा.दिलिप शर्मासमेतको सहकार्यमा टोली गठन भएको छ।

सांसद अछामीका अनुसार सुदूरपश्चिममको डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको मोडलअनुसार नै गोठगाउँमा पनि मेडिकल कलेज सञ्चालन गर्र्ने टोलीले निष्कर्ष निकालेको छ। यसैले आगामी एक महिनाभित्र मन्त्रिपरिषद्बाट निर्णय गराएर कलेज सञ्चालनको तयारी सुरु हुनेछ। 

मेडिकल कलेज सञ्चालनका लागि आफ्नै तीन सय बेडको अस्पताल हुनुपर्ने प्रावधान छ। तर, विश्वविद्यालयसँग अहिले सो क्षमताको अस्पताल नभएकाले तत्कालका लागि विराटनगरको कोशी अस्पताललाई आङ्गिक अस्पताल बनाएर मेडिकल कलेज सञ्चालन गरिने अछामीले बताए। पछि गोठगाउँमै रहेको ५० वेडको अस्पताललाई स्तरोन्नती गरेर आफनै आङ्गिक  अस्पताल बनाउने तयारी छ।

मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा मेडिकल कलेजका लागि करोडौंको संरचना बनाएपनि सञ्चालन हुन नपाउँदा जिर्ण बन्दै गएका छन्। पटकपटक निर्वाचित सांसद र मन्त्रीहरुले मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि सफल हुन सकेका थिएनन्। स्थानीयबासीहरुले पनि मेडिकल कलेज सञ्चालन गर्न माग गर्दै  पटकपटक आन्दोलन गर्दै आएका छन्।

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न वन क्षेत्रको ५ सय बढी विगाहा अधिग्रहण गरेर करोडौंका संरचनाहरु निर्माण गरिएको थियो। तत्काल पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि विराटनगरमा भाडाको घरमा रहेको र मेडिकल  कलेज पनि सञ्चालनमा नआएपछि गोठगाउँमा निर्माण भएका करोडौको संरचना अलपत्र परेको भन्दै स्थानीयबासीहरु आन्दोलित हुँदै आएका थिए।

सर्वत्र विरोध भएपछि विश्विद्यालयले पछि केन्द्रीय कार्यालय विराटनगरबाट गोठगाउँ सारेको थियो। केन्द्रीय कार्यालय गोठगाउँमा सरेपनि अझै निर्माण भएका सबै भौतिक संरचनाहरु प्रयोगमा आइसकेका छैनन्। हाल गोठगाउँमा कृषि र पारामेडिकल कलेजसहित एउटा ५० बेडको अस्पताल मात्र सञ्चालनमा छ।

ad
ad