१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

विद्यार्थीलाई न्यानो कपडा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५२:oo

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष वसन्त खत्रीले जानकारी दिए । 

उनले सातौँ जिल्ला अधिवेशनको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत फरक क्षमता भएका २४ जना विद्यार्थीलाई चिसोबाट जोगाउन कपडा वितरण गरिएको बताए । प्रतिष्ठानले गत वर्ष पनि विद्यालयमा फिल्टर प्रदान गरेको थियो । 

अधिवेशनको अवसरमा सहयोग हस्तान्तरण र सरसफाइ अभियान राखिएको प्रतिष्ठान गुल्मीले जनाएको छ । विद्यार्थीलाई कपडा वितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले  प्रतिष्ठान कलाकारको संगठन भए पनि समुदायमा सामुदायिक काम गरेर अलग पहिचान स्थापित गरेकोमा खुसी व्यक्त गरे।

उपल्लो तम्घास माविमा ०५९ सालदेखि फरक क्षमता भएका विद्यार्थीलाई आवासीय सुविधासहित अध्ययनको व्यवस्था गरिएको विद्यालयका प्रध्यानाध्यापक पिंकी भुसालले जानकारी दिइन् । 

कक्षा १ देखि ५ सम्म बहिरा र सुस्त मनस्थिति भएका दुईथरी विद्यार्थीलाई अध्ययनको व्यवस्था विद्यालयले गरेको छ । अहिले यस विद्यालयमा २७ जना फरक क्षमता भएका विद्यार्थी भएको भुसालले बताइन् । उनले सांकेतिकबाहेकको प्राविधिक विकास र जनशक्तिमा सीप नभएका कारण समस्या भएको गुनासो गरिन्।

‘पढाउने र बुझाउने सांकेतिक विधि पुरानो भयो । पुस्ता र समयअनुसार जनशक्तिलाई पनि सशक्तीकरण गर्न राज्यले सकेन,’ उनले भनिन्, ‘फरक क्षमता भएका विद्यार्थीलाई सरकारले विशेष प्राथमिकता दिनुपर्छ ।’ अहिले ज्ञानेन्द्रराज मरासिनी र सीता ज्ञवाली खत्रीले फरक क्षमता भएका विद्यार्थीलाई अध्यापन गराइरहेका छन् । 
 

ad
ad