१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चलाई गौतमको जवाफ– पत्र दिनुको कारण संवैधानिक इजलासमै पठाउँछु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:oo:oo

संघीय संसद्का महासचिव भरतराज गौतमले महाभियोग निष्प्रभावी भएको पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउने भएका छन्। आइतबार सर्वोच्च अदालतलाई पत्र लेख्दै महासचिव गौतमले अन्तरिम आदेशको लिखित जवाफका क्रममा सबै उत्तर पेस गर्ने उल्लेख गरेका छन्।

शुक्रबार सर्वोच्चको संवैधानिक इजलासले प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जवराविरूद्धकाे महाभियोग निष्प्रभावी भएकाे भनी दिएकाे पत्रविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सचिवालयसँग सात दिनभित्र जवाफ माग गरेको थियो।

‘...सो सम्बन्धमा संघीय संसद्का महासचिवले सात दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकाले सर्वोच्च अदालतको पूर्ण बैठक २०७९/०८/२१ को निर्णयअनुसार सोधिएका विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु, ’महासचिव गौतमले पत्रमा भनेका छन्।

जबराले नयाँ संसद् आउन लागेकाले आफूमाथिको महाभियोग प्रस्ताव अन्त्य हुनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा गत मंगलबार निवेदन दिएका थिए । साे निवेदनका आधारमा महासचिव गौतमले तजबिजी निर्णय लिँदै महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्चलगायत निकायमा पठाएपछि सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूसहित नौजनाले बुधबार संयुक्त रिट दर्ता गराएका छन् ।