१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

कतारमा खुलेकी मिस क्रोएसिया इभाना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:१९:oo

पहिलोपटक मध्यपूर्वी एसियामा आयोजना भएको फिफा विश्वकपमा विभिन्न नियम लागू गरिएको छ । मुस्लिम राष्ट्र कतारमा विश्वकप आयोजना भएसँगै सरकारले आफ्नो धर्म र नीतिअनुसार विश्वकपमा आएका खेलाडी र समर्थकलाई नियम पालना गर्न भनिएको छ । कतारको कठोर नियमकै कारण यसपटक खासै फरक किसिमका गतिविधि भएका छैनन् । 

कतारले विश्वकपमा सार्वजनिकस्थल, रंगशालामा अल्कोहल पिउन नपाउने नियम बनाएको छ । यसैगरी, महिलाको हकमा झनै कडा नियम कतारले लागू गरेको छ । विदेशी समर्थकहरूले खेलका दौरान वा सडकमा बडी सो गर्न पाउँदैनन् । रंगशालामा महिला समर्थकले अर्धनग्न भएर प्रस्तुत हुन नपाउने नियम छ । 

तर, ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनलमा कतारले महिलासम्बन्धी कायम गरेको नियम फेरि तोडियो । प्रतिस्पर्धाको बीचमा प्यारापिटमा मिस क्रोएसिया इभाना नोल पुनः विकिनी पहिरनमा देखिइन् । अहिले उनले लगाएको पहिरनले विश्वकपमा मात्र नभएर विश्वभरि नै चर्चा बटुलिरहेको छ । मिस क्रोएसिया इभाना अर्धनग्न हुँदै प्यारापिटमा प्रवेश गरिन् । इभानाले ‘क्रोएसियन झन्डा रंगको बिकिनी’ लगाएकी थिइन् ।

यसअघि मोरक्को र क्रोएसियाबीच पनि उनी यस्तै पहिरनमा उपस्थित भएकी थिइन् । अघिल्लोपटक सुरक्षकर्मीले उनलाई चेतावनी दिएका थिए । मिडियाका अनुसार मिस क्रोएसियन नोललाई दोस्रोपटक अर्धनग्न रूपमा नआउन भनिएको छ । मिस क्रोएसियन नोल प्रतियोगिताकै पहिलो क्वार्टरफाइनलमा बिकिनी पहिरनमा रंगशालामाभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले रोकेका थिए । 

सुरक्षाकर्मीले नोललाई भित्र प्रवेश गर्न अनुमति दिएनन् । खेलअगाडि सुरक्षाकर्मी र नोलबीच वार्ता भएको थियो । केहीबेरको संवादपछि उनी मैदानभित्र प्रवेश गरिन् । यसअघि मोरक्कोसँगको खेलमा नोल बिकिनी पहिरनमा प्रवेश गरेको क्षणलाई अन्तर्राष्ट्रिय मिडियाका फोटोग्राफरले फोटोसुट गरेका थिए । नोलको पहिरन कतारी समर्थकलाई लोभ्याउने र आयोजकलाई समेत झस्काउने किसिमको थियो ।

नोल प्यारापिटमा आउँदा कतारी दर्शकले उनको तस्बिर मात्र खिचेनन्, एकोहोरो रूपमा हेरिरहे । कतारी समर्थकले मिस क्रोएसिया नोलमाथि अर्जुनदृष्टि लगाएको क्षणको तस्बिर अन्तर्राष्ट्रिय मिडियामा मात्र नभएर सोसल मिडियामा समेत भाइरल बनेको छ । नोलले आफ्नो फोटोसुट इन्स्टाग्राममा ‘पोस्ट’ गरेकी छिन् । यस फोटो सम्बन्धमा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् ।

ad
ad