१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आठौँ नेपालगन्ज म्याराथन : महिला हाफको उपाधि बागमतीकी सन्तोषीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:२९:oo

आठौँ संस्करणको धारा नेपालगन्ज म्याराथनअन्तर्गत महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेकी छिन्। नवौँ राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दूरी एक घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

सन्तोषी सातौँ संस्करणको पनि च्याम्पियन हुन्। उनले त्यसवेला एक घण्टा १८ मिनेट ४८ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन्। त्यसैगरी, एक घण्टा २५ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै अञ्जली चौहान दोस्रो भइन्। अञ्जु खड्काले एक घण्टा ३६ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भएको आयोजकले जनाएको छ।

सन्तोषीले ६० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएकी अञ्जलीले ३० हजार रुपैयाँ र तेस्रो भएकी अञ्जुले १५ हजार रुपैयाँ प्राप्त गरे। चौथोले १० हजार, पाँचौँ र छैठौँले सात–सात हजार, सातौँले ६ हजार र आठौँले पाँच हजार रुपैयाँ जितेको आयोजकले जनाएको छ।
 

ad
ad