१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चाया–पोतो हटाउन के गर्ने?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३o:oo

चाया–पोतोले अनुहारको सुन्दरतामा असर गर्छ । विशेषगरी, यो नाक र गालाको भागमा आउने गर्छ । नेपालका पहाडी र हिमाली क्षेत्रहरू उचाइमा रहेका कारण यहाँ घामको विकिरण कडा हुन्छ ।

यस्तो विकिरणबाट हामीले आफ्नो स्किनलाई जोगाउन सकेनौँ भने चाया–पोतोको समस्याले सताउँछ । पुरुषको दाँजोमा विशेषगरी महिलाहरूमा चाया–पोतोको समस्या धेरै देखिने गरेको छ । हर्मोनल कारणले पनि चाया–पोतो देखिन्छ । महिनावारी हुन नदिने, गर्भ रोक्नेलगायत औषधि खाँदा गडबडी भएर यस्तो हुन सक्छ । 

जोगिन के गर्ने ?
सबैभन्दा महत्वपूर्ण घामबाटै जोगिनुपर्छ । त्यसका लागि घाममा निस्कँदा सनस्क्रिनको प्रयोग अनिवार्य गर्नुपर्छ । आफ्नो स्किन टाइप हेरेर सनस्क्रिन छान्नुपर्छ । अर्को, चाया–पोतो कम गर्ने मलम पनि बजारमा पाइन्छ । ट्याब्लेट पनि पाइन्छ । 

अहिले लेजर पद्धतिमार्फत पनि चाया–पातोको उपचार गर्न सकिन्छ । तर, जुनसुकै पद्धतिमार्फत उपचार गरे पनि त्यसलाई निरन्तरता दिन जरुरी छ । उपचारलाई नियमित गरियो भने फेरि दुःख दिने जोखिम रहँदैन । बजारमा चाया–पोतो हटाउने प्राकृतिक औषधि पनि पाइन्छन् । तर, डाक्टरको परामर्शविना कुनै पनि औषधि प्रयोग गर्न हुँदैन ।

ad
ad