१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सुन्दरहरैँचा
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
रासस, सुन्दरहरैँचा
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

मोरङको सुन्दरहरैँचा– १० मा हात्तीको आक्रमणबाट मंगलबार एक वृद्धको मृत्यु भएको छ। हात्तीले  सुन्दरहरैँचा– १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जंगलमा घाँस लिन गएको वेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्ध जयप्रसाद बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए।

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। मृतक बास्तोलाको शव परीक्षणका लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ। पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारीलगायतका पालिकामा हात्तीले आंकक मच्चाउने गरेको छ।